काठमाडौँ। सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेको छ। बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हाे।
बैंकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्।
चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष काम गरेको हुनुपर्नेछ।
सो पदमा ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।


