सिन्धु विकास बैंकका सिइओ सुरेश देवकोटाले दिए राजिनामा

काठमाडौँ। सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश देवकोटाले राजिनामा दिएका छन् ।

सिइओ सुरेश देवकोटाले पुष ९ गते राजिनामा दिएका हुन्। जुन राजिनामा बैंक संचालक समितिको बैठकले स्वीकृत गरिसकेको छ ।

सीईओ देवकोटासँग करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै, करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैंकिङ करियर विसं २०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका हुन् ।

उनले लामो समय नेपाल बङ्गलादेश बैंकमा बिताएका थिए । गत वर्ष बैंकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात बैंकको वित्तिय अवस्थामा सुधार देखिएको हो ।

सुरेश देवकोटाले नेतृत्व सम्हालेपछि सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार, ऋण असुलीमा पनि सुधार !

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै