स्मार्ट फोन कर्जा चुक्ता गर्न लक्ष्मी सनराइज बैंकको आग्रह

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले स्मार्ट फोन कर्जा चुक्ता गर्न आफ्ना ऋणीहरूलाई आग्रह गरेको छ।  बैंकले ३५ दिने सूचना जारी गर्दै ऋणीहरूलाई स्मार्ट फोन कर्जा चुक्ता गर्न आग्रह गरेको हो।

पटकपटक ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि बैंकले ऋणीहरुलाई ऋण तिर्न ३५ दिनको समय दिएको हो ।

सो समयमा पनि ऋण तिर्न नआउने ऋणीहरुलाई कालोसूचीमा राख्ने बैंकले चेतावनी दिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्