आज सार्वजनिक बिदा, बैंकहरू पनि बन्द हुने !

काठमाडौँ। आज बैंक तथा वित्तीय संस्थाहरू बन्द छन्।  पुस १० गते अर्थात डिसेम्बर २५ क्रिसमस डे पर्वको अवसरमा सार्वजनिक बिदा भएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएको रहेका छन्।

डिसेम्बर २५ अर्थात क्रिसमस डे पर्व, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा क्रिसमस मनाउँदैछन् ।

क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सो अवसरमा बैंक, बीमा कम्पनी, सेयर बजार तथा सरकारी कार्यालयहरु बन्द हुन्छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्