डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा पुस २८ गते

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २४ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभा चितवनको सौराहास्थित होटल सेभेनमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१-८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

डिप्रोक्स लघुवित्तले लाभांश र सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १६ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्