नबिल बैंकको ४१ औँ वार्षिक साधारणसभा पुस २८ गते

काठमाडौँ। नबिल बैंकले ४१ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २८ गते ४१ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११:१५ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१-८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२.५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। साथै, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभाले सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको गत आर्थिक वर्षको वित्तीय विवरण पनि स्वीकृत गर्नेछ। सभाले संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्तिका लागि ढोका खुला गर्नेछ। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

बैंकले लाभांश र सभा प्रयोजनका लागि  पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १६ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्