काठमाडौँ। नबिल बैंकले चिनियाँ अदालतमा मुद्दा जितेर काउन्टर ग्यारेन्टीको पैसा पाएको छ । त्रिशुली थ्रीबी जलविद्युत परियोजनाको निर्माणको ठेक्का तोडिएको चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपबाट नबिल बैंकले चिनियाँ अदालतमा मुद्दा जितेर काउन्टर ग्यारेन्टीको पैसा ल्याएको हो ।
नबिल बैंकले पाउनुपर्ने १ अर्ब रुपैयाँभन्दा बढी रकम चीनको चाइना एभरब्राइट बैंकले दिन अस्वीकार गरेपछि नबिल बैंकले चीनमा मुद्दा दायर गरेको थियो ।
चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्री-बी आयोजनाले ठेक्का सम्झौता तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइटले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीबापत भुक्तानी गर्नुपर्ने रकम तिर्न अस्वीकार गरेको थियो ।


