DISH HOME

बैंकहरुको मुद्दती निक्षेपमा साढे ६ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो। जसका लागि मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै