काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि सबै सर्त र शर्तहरू राम्ररी बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई सचेत गराएको छ।
केन्द्रीय बैंकले जारी गरेको भिडियो सन्देशमार्फत कर्जा लिँदा आधार दर, ब्याजदर, प्रिमियम दर र अन्य सर्तबारे स्पष्ट जानकारी लिनुपर्नेमा जोड दिएको छ। यसले कर्जा लिँदा व्यक्तिले कति ब्याज तिर्नुपर्छ भन्ने विषयमा सचेत रहन सहयोग गर्ने राष्ट्र बैंकले जनाएको छ।




