काठमाडौँ। नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणी सहायकसम्मका लागि ७६ जना कर्मचारी माग गरेको हो ।
अधिकृत तृतीयअन्तर्गत सहायक निर्देशक(अर्थशास्त्र) १ जना, सहायक निर्देशक (व्यवस्थापन)१ जना, सहायक निर्देशक ३९ जना, सहायक निर्देशक (लेखा-लेखापरीक्षण) १० जना, सहायक निर्देशक (वाणिज्य कानून) ४ जना र सहायक द्वितीयअन्तर्गत २१ जना सहायक माग गरिएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपालीहरूले मंसिर १९ गतेदेखि पुस १० गतेसम्म दरखास्त फाराम बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने पुस १७ गतेसम्म फाराम भर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


