DISH HOME

विराट बहिरा माविलाई नेपाल एसबिआई बैंकको आर्थिक सहयोग

काठमाडौँ। नेपाल एसबिआई बैंकले विराट बहिरा माविलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखाल स्थित विराट बहिरा मावि, परिसरमा डिप बोरिङ जडान गर्ने उदेश्यले रु. २.५० लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

यो पहलले विद्यालयका विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन हुने लक्ष्य बैंकले राखेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिना जोशी र प्रधानाध्यापक मिनु अधिकारी दाहाललाई संयुक्त रुपमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

बैंकले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै