५ लाखभन्दा बढीको कारोबार अब बैंकबाट गर्नुपर्ने

काठमाडौँ। पाँच लाखभन्दा बढीको कारोबार अब बैंकबाट गर्नुपर्ने भएको छ। सरकारले आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार निषेध गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब एकपटकमा ५ लाख रुपैयाँसम्मको वस्तु वा सेवाको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था लागू हुँदैछ।

यसअघि यस प्रकारको सीमा १० लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबारमा थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्