PRABHU BANK

एनआईसी एशिया बैंकको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक, ७ वर्ष ७ महिनामा पैसा दोब्बर हुने

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको हुनाले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेको हो ।
बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ । यस्तै संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ । यो योजनामा सहभागी हुनको लागि न्युनतम रकम १० हजार रुपैयाँ रहेको छ ।
‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्ने सक्नेछन् । उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेको हुनाले ग्राहकहरुलाई थप फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 
यस योजना अन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ । यस योजना अन्तगर्तत दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहकहरूले आफुलाई सहज हुने एनआईसी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्धति निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै