नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले  सवा १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि निवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले काठमाडौंको तीनधारास्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्