काठमाडौँ। हिमालयन बैंकको सञ्चालक फरहान तलाबिले राजीनामा दिएका छन्। बैंकको सञ्चालकमा हबिब बैंकको प्रतिनिधित्व गर्दै आएका तालिबले नोभेम्बर ५ मा सञ्चालक पदबाट राजीनामा दिएका हुन्।
बैंकको १० नोभेम्बरमा बसेको सञ्चालक समितिको बैठक नम्बर ४८४ बाट उनको राजीनामा स्वीकृत गरेको बैंकले जनाएको छ।




