काठमाडौँ। कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।
दिगो विकासका लक्ष्यहरु (Sustainable Development Goals) प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीहरु मार्फत टेवा पु-याउन अग्रसर बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको हो ।
‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरुकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै खातावालहरुले साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म नि:शुल्क मोबाइल बैंकिङ सेवा र दुई लाख सम्मको फोनलोन सुबिधा जस्ता अफरहरू पाउन सक्नेछन्।
यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् ।
बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाईट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।




