DISH HOME

नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा नियुक्त

काठमाडौँ। नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा नियुक्त भएका छन्। बैंकको संचालक समितिको कात्तिक १४ गते बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक वेंकट वंसीधर कुंचालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट नियुक्त गरेको हो ।

अध्यक्ष वेंकट वंसीधर कुंचा, एसबीआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरु राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरु रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिती थियो ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै