महालक्ष्मी विकास बैंकले सेयरधनीहरुलाई लाभांश दिने !

काठमाडौँ। महालक्ष्मी विकास बैंकले लाभांश दिने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकको कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनका लागि समेत गरी ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्