DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकमा आगामी सीइओ पनि चार्टर्ड एकाउन्टेन्ट नै आउने !

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकमा आगामी सीइओ पनि चार्टर्ड एकाउन्टेन्ट नै आउने भएका छन् । यसअघि पनि सो बैंकको सीइओ बन्ने प्रयास गरेका एक सिए बैंकर बैंकको सीइओ भएर आउने भएका हुन् ।
ती सिएको परिवारका नाममा बैंकमा लगानीसमेत छ । तर, १ प्रतिशत भन्दा कम लगानी भएका कारण कानुनी रुपमा उनलाई सो बैंकको सीइओ हुन बाधा हुने छैन ।
ती सिएले आफु बैंकमा सीइओ भएर जाने विषयमा तयार रहेको र सम्भवत यसपाली सीइओ हुने कुरामा कुनै रोकावट नआउने बताएका छन् । ‘पोहोर पनि मैले प्रयास गरेकै हो । त्यो बेला कतिपय कुरा मिलेन । यसपाली सबै कुरा मिलेको छ, अवको ११ महिनापछि सो बैंकको सीइओ सम्भवत: म नै हो ।’ ती सिएले भने ।
बैंकका अहिलेका सीइओ सुयोग श्रेष्ठ पनि सिए हुन् । सुयोग आउनुभन्दा अगाडीका कामु सीइओ दिनेश थकाली पनि सिए नै हुन् । अव आउने सीइओ पनि सिए नै हुन् । सांग्रिलामा सीइओ भएर आउन खोजेका ती सिए अहिले एक बाणिज्य बैंकमा काम गरिरहेका छन् ।
अहिलेको संचालक समितिले श्रेष्ठको काम गराईमा चित्त बुझाएको छैन । अव अर्का सिए आएपछि भने बैंकले गति लिने विश्वास संचालकहरुले गरेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै