काठमाडौँ। कृषि विकास बैंकले किर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत किर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
बैंकले गत असोज २४ गतेको संकटपछि सेवा प्रवाह पुन: सुचारु गर्ने प्रयासमा रहेको नगरपालिकालाई सहयोग पुर्याउने उद्देश्यले एक विशेष कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले नगर प्रमुख कृष्णमान डंगोललाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे। कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेश निर्देशक चन्द्रसिंह थापा, किर्तिपुर शाखा प्रबन्धक नारायणलाल श्रेष्ठ, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकलाल गैरे लगायतका अधिकारीहरूको उपस्थिति थियो।
बैंकका प्रतिनिधिहरूका अनुसार यो सहयोगले किर्तिपुर नगरपालिकाको प्रशासनिक सेवा प्रवाहलाई सहज र द्रुत बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।