नेपाल इन्भेष्मेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेपाल इन्भेष्मेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो।

यसअघि बैंकले सो सेयर विद्यामान संस्थापक सेयरधनीको लागि बिक्री खुला गरेकोमा सो अवधिभित्र उनीहरुबाट निवेदन नआएकाले अब सो सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको छ ।

सो शेयर खरिद गर्न इच्छुकले यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा बैंकको शेयर शाखा लाजिम्पाट काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्