DISH HOME

एनआईसी एशिया बैंकले साउनमा निकालेको भ्याकेन्सीको नतिजा असोजसम्म पनि सार्वजनिक नगरेको खुलासा !

काठमाडौँ। एनआईसी एशिया बैंकले साउनमा निकालेको भ्याकेन्सीको नतिजा असोजसम्म पनि सार्वजनिक नगरेको पाइएको छ । बैंकको नेतृत्व राष्ट्र बैंकले गर्ने सम्भावित कारवाहीबाट जोगिने ध्यानमा मात्र लागेपछि भ्याकेन्सीको नतिजा ननिकालिएको पाइएको हो ।

बैंकले करचुक्ता लगायतका कागजात नै नपुगेका कम्पनीहरुलाई पनि मनपरी ढंगले ऋण प्रवाह गरेको पनि पाइएको छ । कम्पनीले ऋण बढी दिने बाहानामा कागजात नै नपुगेका कम्पनीहरुलाई ऋण दिएको पाइएको हो । अहिले तीनै ऋणहरु बिग्रिएपछि बैंकलाई अफ्ट्यारो परेको छ ।

यता बैंकमा कागज नै नपुगी ऋण लिने ऋणीहरुको विवरण सार्वजनिक रुपमै लिक भएको छ । बैंकबाट कागज नै नपुगी पावरका भरमा ऋण लिनेहरुको विवरण नै लिक भएको हो । यसले बैंक कुन हदसम्म लापरवाही गर्छ भन्ने तथ्यसमेत बाहिरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै