prabhu

कारवाही तयारीको सूचना राष्ट्र बैंकबाटै ‘लिक’ भएपछि एनआईसीका सीइओले राजिनामा दिएको खुलासा, अध्यक्षको पद पनि धरापमा !

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट कारवाहीको तयारी भएको सूचना लिक भएपछि एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले हतारहतार राजिनामा दिएको खुलासा भएको छ । न्यौपानेलाई राष्ट्र बैंककै मान्छेले कारवाहीको तयारीको सूचना लिक गरिदिएपछि उनले राजिनामा दिएको खुलासा भएको हो ।
न्यौपानेसहित बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई राष्ट्र बैंकले प्रचलित कानुनलाई टेकेर आर्थिक जरिवाना गराउनेगरी निर्णय हुन लागेको सूचना लिक भएपछी न्यौपानेले राजिनामा दिएको राष्ट्र बैंक स्रोतको दाबी छ । यसले राष्ट्र बैंकको सूचना प्रणालीलाई नै गिज्याएको छ भने कारवाहीअगावै कसरी न्यौपाने उम्किन खोजे भन्ने तथ्यको पनि खुलासा भएको छ । यसरी सूचना चुहाउनेलाई कारवाही गर्नुपर्ने माग स्वयम् राष्ट्र बैंकभित्रै पनि उठेको छ ।
आर्थिक जरिवानाको तयारीको संकेत गर्दै नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई १५ दिने स्पष्टिकरण सोधेको छ । १५ दिन भित्र स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिए बैंकलाई कारवाही गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।  पटक/पटक गल्ती सुधार गर्न दिएको निर्देशनसमेत अटेर गरेपछि राष्ट्र बैंकले कडा कदम चाल्ने संकेत गरेको हो ।
यता राष्ट्र बैंकले कारवाहीको तयारी गरेपछि बैंकका अध्यक्ष तुलसीराम अग्रवालकोसमेत पद धरापमा परेको छ । प्रचलित व्यवस्था अनुसार उनी कारवाहीमा परे भने उनको पद स्वत: जानेछ । राष्ट्र बैंकले दिएको निर्देशन पटक पटक पालना नगरेको भन्दै राष्ट्र बैंकले बैंकलाई स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणको म्याद यहि असोज १७ गतेसम्म मात्र छ ।
यस विषयमा बुझ्न न्यौपानेलाई सम्पर्क गर्दा सम्पर्क नै हुन सकेन ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै