काठमाडौँ । जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर–१० मालपोत कार्यालय परिसरमा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेशिन प्रदर्शनकारीले उखालेर लगेको पाइएको छ। तर भित्र रहेको करिब १८ लाख ७९ हजार रुपैयाँ भने उनीहरूले निकाल्न नसकेका छन्।
प्रदर्शनकारीले एटिएम केही पर लगेर छोडेपछि प्रहरीको सहयोगमा पुनः बरामद गरिएको हो। उक्त एटिएममा सुरक्षित रहेको नगद स्थानीय प्रतिनिधिको उपस्थितिमा बैंकका अधिकारीलाई बुझाइएको प्रहरीले जनाएको छ।