काठमाडौँ । प्रदर्शनकारीले कृषि विकास बैंकको किर्तिपुरस्थित शाखा जलाईदिएका छन् । मंगलबार प्रदर्शनकारीले बैंकको सो शाखा जलाईदिएका हुन् ।
प्रदर्शनकारीले सो बैंकको एटिएमसमेत फुटाएका छन् । फुटेको एटिएम सहजै पैसा झिक्न सकिने गरी देखिएको छ । यद्यपी बैंकको रोहबरमा सो एटीएम बैंकलाई जिम्मा लगाइएको छ ।
बैंकमा भएको आगजनीका कारण बैंकका केहि महत्वपूर्ण फाइलहरु जलेका छन् ।