prabhu

एनआईसी एशिया बैंक र स्काइ ब्रोडब्याण्ड प्रालिबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र स्काइ ब्रोडब्याण्ड प्रालिबीच सम्झौता भएको छ। बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र स्काइ ब्रोडब्याण्डबीच सम्झौता भएको हो ।

बैंकका ग्राहकवहरुले स्काइ ब्रोडब्याण्ड प्रालिको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु १५०० छुट प्राप्त गर्नु सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

एनआईसी एशिया बैंकले स्काइ ब्रोडब्याण्डसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै