DISH HOME

सिटिजन्स बैंकको नयाँ नेतृत्व पहल, मधेशमा कर्मचारी प्रशिक्षण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा–प्रबन्धक र कर्मचारीहरूका लागि ‘मधेश लिडरसिपस्स् ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स’ सेमिनार आयोजना गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न यो सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउने र केन्द्र–प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भएको छ। बैंकले यस्तै कार्यक्रम अन्य प्रदेशस्तरमा पनि आयोजना गर्ने योजना जनाएको छ।

सिटिजन्स बैंकले हालै नेपालमै पहिलो पटक फोनपेसँग सहकार्य गरी ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। यसबाहेक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ।

देशैभरि ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत बैंकले १९ लाख २५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै