prabhu

फेसबुक विज्ञापनले फसायो, बैंक खातामा लाखौं रकम बेपत्ता

काठमाडौं । ‘नेप्से एआई’ नामक एप डाउनलोड गरेपछि बैंक खाताबाट लाखौं रुपैयाँ गायब भएको घटना सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB) मा यससम्बन्धी थुप्रै उजुरी दर्ता भएका छन्।

व्युरोका अनुसार, एक घटनामा मात्र पीडितको बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ निकासी भएको छ। पीडितले फेसबुकमा सेयर बजार विश्लेषण गर्ने भन्दै आएको विज्ञापनमार्फत उक्त एप डाउनलोड गरेपछि रकम गायब भएको बताए।

प्रहरी उपरीक्षक एवं व्युरोका प्रवक्ता युवराज खड्काका अनुसार, फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा यस्ता भ्रामक विज्ञापनहरू आइरहने गरेका छन्, जसबाट एप डाउनलोड गर्दा बैंक खाताको पैसा गुम्ने जोखिम हुन्छ।

CIB ले यस्ता घटना रोक्नका लागि आधिकारिक ‘गुगल प्ले स्टोर’ वा ‘एप्पल एप स्टोर’बाट मात्र एप डाउनलोड गर्न, ‘टु-फ्याक्टर अथेन्टिकेशन’ प्रयोग गर्न, पासवर्ड समयसमयमा परिवर्तन गर्न, सामाजिक सञ्जालमा देखिएका विज्ञापनको प्रामाणिकता पुष्टि गर्न र ‘AnyDesk’, ‘TeamViewer’ जस्ता रिमोट एक्सेस सफ्टवेयर अरूलाई प्रयोग गर्न नदिन सुझाव दिएको छ।

यस्तै, यस्ता घटनाबारे थाहा पाए तत्काल प्रहरीलाई जानकारी दिन समेत आग्रह गरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै