छिमेक लघुवित्तको १ लाख संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। सेयर खरिदका लागि आवेदन साउन २८ गतेदेखि खुला गरिएको हो।

संस्थाका अनुसार, बिक्रीमा राखिएका सेयरका लागि संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन्। प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण उपलब्ध कित्ताका लागि आवेदन दिन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्