prabhu

नबिल बैंकले कमायो ७ अर्ब बढी नाफा, कस्तो छ अन्य सूचक ?

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र लाभांश क्षमतामा वृद्धि भएको जनाएको छ।

विवरणअनुसार, बैंकले समीक्षा वर्षमा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँको तुलनामा १५.०१ प्रतिशत बढी हो। वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको बैंकले यस वर्ष १७.६४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ, जुन अघिल्लो वर्षको ११.३९ प्रतिशतभन्दा बढी हो।

सञ्चालन मुनाफा २५.४४ प्रतिशतले बढ्दै १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँमा पुगेको छ। बैंकको ब्याज आम्दानी भने थोरै मात्र वृद्धि भई १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.०६ प्रतिशत मात्र बढी हो।

बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ३ अर्ब ८ करोड २९ लाख रुपैयाँबाट बढेर ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ भने रिजर्भ २८ अर्ब ५३ करोड ७० लाख रुपैयाँबाट बढेर ३१ अर्ब ९० करोड ९५ लाख रुपैयाँ भएको छ।

समीक्षा अवधिमा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो क्रमशः ४ खर्ब ६२ अर्ब ९ करोड र ३ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ थियो।

खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.९५ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्ष १.३७ प्रतिशत थियो। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २२.९० रुपैयाँबाट बढेर २६.३४ रुपैयाँ पुगेको छ भने पीई रेसियो २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ कायम भएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै