prabhu

उन्नति सहकार्य लघुवित्त घाटाबाट नाफामा, ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । अघिल्लो आर्थिक वर्ष घाटामा रहेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत वर्ष भने उल्लेखनीय नाफा कमाउन सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ९४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। तर हाल ब्याज आम्दानी, फी तथा कमिसन आम्दानी र कुल सञ्चालन आम्दानीमा भएको वृद्धिले नाफामा सकारात्मक प्रभाव पारेको देखिएको छ।

यस्तै कम्पनीको ब्याज आम्दानी ५४ करोड २८ लाख रुपैयाँ,  कमिसन तथा फी आम्दानी ४ करोड ३२ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ३१ करोड ३६ लाख रुपैयाँ रहेको छ।

यता प्रति सेयर आम्दानी २१.२४ रुपैयाँ छ भने  वितरणयोग्य मुनाफा ४ करोड ८ लाख रुपैयाँ रहेको छ। साथै  प्रति सेयर नेटवर्थ १४८.२१ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ६ सय ४०.४८ रुपैयाँ रहेको छ । लघुवित्तको नाफा वृद्धिले कम्पनीको व्यवस्थापन र वित्तीय अनुशासनमा सुधार आएको संकेत गर्दछ। आगामी दिनमा अझ प्रभावकारी सञ्चालनले संस्थालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै