prabhu

बैंकहरुबाट कर्जा लिएर समयमै नतिर्नेको संख्या ह्वात्तै बढ्यो, बैंकको ऋण नतिर्नेको संख्या १८ हजार नाघ्यो !

काठमाडौँ। बैंकहरुबाट कर्जा लिएर समयमै नतिर्ने र वित्तीय अपराधका कारण कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या ह्वात्तै बढेको पाइएको छ । आर्थिक वर्ष २०८१-८२ मा मात्रै १८ हजारभन्दा बढी व्यापारी तथा व्यवसायीहरू कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको हो।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८१-८२ मा कुल ५३ हजार ५७१ जना कालोसूचीमा थपिएका छन्। जसमध्ये अधिकांश व्यवसायी छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या झन्डै १२ सयले बढी हो।

बैंकबाट लिएको ऋणको किस्ता तथा ब्याज समयमै तिर्न नसक्दा मात्र १८ हजार ८०१ जना व्यापारीहरू कालोसूचीमा परेका हुन्। अघिल्लो वर्ष १२ हजार ८२१ जना कालोसूचीमा परेका थिए।

यता आर्थिक वर्ष २०८१-८२ मा ३४ हजार ७७० जना चेक बाउन्सका कारण कालोसूचीमा परेका छन्। व्यवसायीहरूका अनुसार बजारमा उधारो रकम उठ्न नसक्नु मुख्य समस्या हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै