prabhu

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणले उग्र रुप लिँदै, सीइओ र तत्कालीन अध्यक्षसहित १०० जना बढी विरुद्ध मुद्धा दर्ता !

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणले उग्र रुप लिँदै गएको छ। बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीइओ र तत्कालीन अध्यक्षसहित १०० बढी विरुद्ध मुद्धा दर्ता भएको छ ।

पछिल्लो एक दशककै सबैभन्दा ठुलो बैंक घोटाला प्रकरण कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीइओ र तत्कालीन अध्यक्षसहित १०० बढी विरुद्ध मुद्धा दर्ता भएको छ । जनताको अरवौं रुपैयाँमाथि घोटाला भएको सो प्रकरणमा बैंकका तत्कालीन थुप्रै कर्मचारी र ऋणीहरुलाईसमेत प्रतिवादी बनाइएको छ ।

बैंक घोटाला प्रकरणमा सीआईबीको प्रतिवेदन अनुसार सञ्चालक समितिका तीन जना अध्यक्ष, ८ जना पदाधिकारीहरू, ४ जना सेयरधनी, ३ जना कार्यकारी अधिकृत, ४२ जना कर्मचारी, ४० जना ऋणी, एक जना मूल्यांकनकर्ता, एक जना नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी र ६ जना आन्तरिक तथा बाह्य लेखापरीक्षकलाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ । योपनि हेर्नुहोस्:

बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै