सोझा व्यक्तिलाई बैंकको जाली चेक दिएर भाग्ने तामाङ्ग र सापकोटा प्रहरीको फन्दामा, अब हुन्छ त उनीहरूलाई कारवाही ?

काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ परेका छन्। सम्मानित काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं १ घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नं १५ स्वयम्भु बस्ने ३३ वर्षीय सुकराम लामा तामाङ र जिल्ला सुर्खेत साबिक लेखफर्सा गाउँविकास समिति वडा नं ०६ परिवर्तित लेकवेशी नगरपालिका वडा नं ०१ घर भइ हाल जिल्ला काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नं ०६ बस्ने ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन्।

तामाङ्गविरुद्ध प्रहरी वृत्त महाराजगंजमा बिगो रु पाँच लाख, प्रहरी वृत्त महाराजगंजमा बिगो रु दुई लाख नब्बे हजार र जिल्ला प्रहरी परिसर भक्तपुरमा बिगो रु नौ लाख रुपैयाँको बैंकिङ कसुरको मुद्दा परेपछि फरार रहेका थिए। हाल प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि जिल्ला अदालत बबरमहल पठाएको छ ।

यता सापकोटाविरुद्ध भने जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँबाट बिगो रु दश लाख पचास हजार रुपैयाँको बैंकिङ कसुरको मुद्दा परेपछि फरार भएका थिए। हाल उनलाई बुढानीलकण्ठबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाएको प्रहरीले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्