prabhu

बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

काठमाडौँ। कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने भएको छ । बैंक घोटाला संलग्न भनी मुद्धा दर्ताको प्रक्रिया अघि बढाइएका मध्ये केहिको मृत्यु भईसकेको पाइएको हो ।

सिआईबीले कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा हालै अनुसन्धान सकेको छ ।

बैंक घोटाला प्रकरणमा सीआईबीको प्रतिवेदन अनुसार सञ्चालक समितिका तीन जना अध्यक्ष, ८ जना पदाधिकारीहरू, ४ जना सेयरधनी, ३ जना कार्यकारी अधिकृत, ४२ जना कर्मचारी, ४० जना ऋणी, एक जना मूल्यांकनकर्ता, एक जना नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी र ६ जना आन्तरिक तथा बाह्य लेखापरीक्षकलाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

योपनि हेर्नुहोस्:

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ, झण्डै तीन अर्ब रुपैयाँ हिनामिना गरेको आरोप !

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै