prabhu

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७८ पैसा र बिक्री दर १३७ रुपियाँ ४३८ पैसा कायम भएको हो ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ०८ पैसा र बिक्रीदर १६० रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८४ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ ६८ पैसा र बिक्रीदर १७२ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २२ पैसा र बिक्रीदर ८९ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८६ पैसा र बिक्रीदर १०० रुपैया ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ २३ पैसा तोकिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १८ पैसा र बिक्रीदर ३२ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३५ पैसा र बिक्रीदर १४ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४५ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै