prabhu

सांग्रिला डेभलपमेन्ट बैंक र स्मार्ट च्वाईस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौँ।  सांग्रिला डेभलपमेन्ट बैंक र स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ। बैंक र उक्त टेक्नोलोजिजबीच असार १२ गते  एससीटी-यूपीआई कार्ड जारी गर्ने सम्झौता भएको हो।

स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौतापत्र आदानप्रदान गरेका थिए।

सम्झौतापश्चात् बैंकका ग्राहकहरूले सजिलै बैंकबाट आफ्नो लागि एससीटी-यूपीआई कार्ड लिन सक्नेछन्।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। कम्पनीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी-यूपीआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियनपे, भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो। यसले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे-आईबीएफटी, स्मार्ट बैंकिङ मोबाइल बैंकिङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै