काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाइ असार १६ गते पनि नहुने भएको छ। सर्वाेच्च अदालतमा न्यायाधीशद्वय हरि प्रसाद फुयाल र टेक प्रसाद ढुंगानाको इजलासमा सुनुवाइ तोकिए पनि गभर्नर पौडेलविरुद्धको रिट हेर्न नमिल्ने भएको हो।
रिट निवेदन न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा तेस्रो नम्बरमा सुनुवाइ तोकिएको थियो। तर, फुयालको पूर्वसहकर्मी कानुन व्यवसायीको वकालतनामा परेको कारण हेर्न नमिल्ने भएको छ।
गभर्नर पौडेलविरुद्धको रिट हालसम्म चौथो पटक हेर्न नमिल्ने भएको छ।