DISH HOME

नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले सन्तोष कुमार भण्डारीलाई प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  पदमा नियुक्त गरेको छ। भण्डारीको नियुक्ति सोही मितिदेखि लागू गरिएको छ।

भण्डारी यसअघि नेपाल एसबिआई बैंक लिमिटेडमा सुदूरपश्चिम प्रदेश प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, र लेखा परीक्षण विभागमा वरिष्ठ अधिकृतको जिम्मेवारीमा कार्यरत थिए।

उनी बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव बोकेका दक्ष तथा सक्षम पेशेवर हुन्। स्रोत व्यवस्थापन, रणनीतिक योजना तथा सञ्चालनमा उनको नेतृत्व क्षमतालाई उच्च मूल्याङ्कन गरिएको छ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो, जसको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमति अनुसार निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूतिकरण, सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै