मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्री खुला

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहका केही विद्यमान शेयरधनीहरूले बिक्रीमा राखेका शेयर खरिदका लागि अन्य संस्थापक शेयरधनीहरूलाई अवसर खुला गरेको छ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै इच्छुक साविक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ।

शेयर खरिदका लागि आवेदन बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा दिनुपर्नेछ। यद्यपि, बिक्रीमा राखिएको कित्ता संख्या भने बैंकले खुलाएको छैन।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्