काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले पहिलोपटक ६३ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तान्ने भएको छ। यसअघि केन्द्रीय बैंकले अधिकतम ४२ दिनका लागि मात्र यस्तो तरलता प्रशोचन गर्दै आएको थियो।
असार ११ गते ९आज० राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी तरलता व्यवस्थापन गर्न लागिएको हो। तरलता फिर्ता लिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउनेछन्।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिने गरी बोलकबोल प्रक्रियामा सहभागी हुन सक्ने छन्। बोलकबोल बहुब्याजदरमा गर्न सकिनेछ।
यस योजनाअनुसार संकलित निक्षेप भदौ ११ गते साँवा तथा ब्याजसहित फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।
हाल कर्जाको माग न्यून रहेकाले बैंकिङ प्रणालीमा प्रशस्त तरलता थुप्रिएको छ। त्यसकै कारण बैंकहरू न्यून ब्याजदर ९झन्डै ३ प्रतिशत० मा राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएका छन्। यस्तो अवस्थालाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले यो कदम चालेको हो।