वाणिज्य बैंकबाट प्रवाह हुने ऋण बढ्यो, तीन खर्बबढीको बढोत्तरी !

काठमाडौँ। वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूबाट प्रवाह हुने कर्जा तीन खर्ब ७६ अर्ब २९ करोड रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा यो कर्जा प्रवाह ८.२३ प्रतिशतले वृद्धि भई ४९ खर्ब ४७ अर्ब २० करोड पुगेको छ।

संघको तथ्यांकअनुसार जेठ महिनामा मात्र ३६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो।

अब आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पनि राष्ट्र बैंकले गरेको  प्रक्षेपण अनुसार भने कर्जा प्रवाह नबढेको पाइएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्