काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त हुने सम्भावना देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेपछि पौडेल गभर्नर हुने सम्भावना देखिएको हो।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन्। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आज (मंगलबार) अपराह्न ४ बजेपछि बोलाएका हुन् ।
यो बैठकमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. विश्वनाथ पौडेल सदस्य रहेका छन्। समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्नेछ। जसमा डेपुटी गभर्नरको नाम अनिवार्य रूपमा समावेश हुनेछ।