काठमाडौँ। महालक्ष्मी विकास बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । बैंकले ग्राहकहरुको वित्तीय आवाश्यकतालाई थप सहजीकरण गर्न मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको हो ।
महालक्ष्मी क्रेडिट कार्ड मार्फत ‘Buy What You Love, Pay How You Like’ भन्ने योजनामा ग्राहकहरुले आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिनादेखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् ।
नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकले आफुले खरिद गरेको बिल पेश गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ । यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआइ प्रोसेसिङ्ग शुल्क लिनेछैन ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।