DISH HOME

गभर्नर नियुक्तिमा असहमति, सांसद शर्माले खोलिन् सत्ता गठबन्धनको कमजोरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको अन्योलप्रति गम्भीर आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई तिहाइको बलियो सरकार हुँदाहुँदै पनि गभर्नर नियुक्त गर्न नसक्नु राष्ट्रकै प्रतिष्ठामा आँच आउने विषय भएको टिप्पणी गरिन्।

उनले भनिन्, ‘दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के हो ? यो विषयमा बाहिर देखिएको स्थिति गम्भीर छ। सरकारभित्र दलगत स्वार्थ नमिल्दा वा अन्य कारणले नियुक्ति रोकिएको चर्चा चलिरहेको छ, जसले राष्ट्रको बेइज्जत गरिरहेको छ।”

उनको भनाइमा, संवैधानिक र नियामक निकायको नेतृत्वमा देखिएको अन्योलले सरकारको निर्णय क्षमतामाथि प्रश्न उठाएको छ। शर्माले सरकारले गभर्नर नियुक्तिमा किन ढिलाइ गरिरहेको छ भन्ने स्पष्ट कारण सार्वजनिक गर्न पनि माग गरेकी छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै