स्वावलम्बन लघुवित्तको वृद्धि सतही कि सुदृढ ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यो अवधिमा संस्थाले ११ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी उल्लेखनीय रूपमा वृद्धि हुँदै २२.६१ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यो १ अर्ब २ करोड २७ लाख रुपैयाँ थियो। यद्यपि, सञ्चालन नाफा भने १०.२९ प्रतिशतले बढेर १५ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १६ करोड ९० लाख रुपैयाँ थियो।

संस्थाको चुक्ता पुँजी हाल १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा कोष १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जसले वित्तीय स्थायित्वमा मजबूती दर्शाउँछ। प्रति सेयर आम्दानी (EPS) हाल ९.७४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१२.६८ रुपैयाँ रहेको छ। यद्यपि, संस्थाको गैर-संस्थागत कर्जा अनुपात (NPL) भने उच्च स्तरमा रही ९.८९ प्रतिशत पुगेको छ, जुन जोखिम सूचकको रूपमा लिइन्छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्