DISH HOME

कुमारी बैंकको एटिएम फोड्न खोज्ने व्यक्ति पक्राउ

काठमाडौँ। कुमारी बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राति करिब १२ बजेतिर काठमाडौँ महानगरपालिका १६ बाइपास ओरालोमा रहेको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नुवाकोटको विदुर नगरपालिका-१३ स्थायी ठेगाना भई हाल माछापोखरी सडक पेटीमा बसोबास गर्दै आएका २९ वर्षीय ज्ञानेन्द्र ठकुरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ठकुरीले बाटोमा रहेको सिमेन्टको ब्लक प्रयोग गरी एटिएम मेसिन तोडफोड गर्ने प्रयास गरेका थिए। घटनाका बेला उनी मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। प्रहरी देखेपछि भाग्न खोजेपनि उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै