इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग, योग्य तथा इच्छुक उम्मेदवारले जेठ ६ गतेभित्र आवेदन दिन सक्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। संस्थाले वरिष्ठ अधिकृत १ जना, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा योग्य उम्मेदवारहरू माग गरेको हो।

इच्छुक व्यक्तिहरूले सम्बन्धित पदको लागि एसएलसीदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ। योग्य तथा इच्छुक उम्मेदवारहरूले २०८२ साल जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन्।

संस्थाले आवश्यक योग्यता, अनुभव र प्रक्रियागत विवरणबारे थप जानकारीका लागि आफ्ना आधिकारिक सञ्चार माध्यमहरू अवलोकन गर्न आग्रह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्