DISH HOME

सांसद रेखा यादवको प्रश्न: ‘गभर्नर नियुक्ति किन ठट्टाको विषय बनाइयो ?’

काठमाडौँ। सांसद रेखा यादलवले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई ठट्टाको विषयमा लिएको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले यस्तो आरोप लगाएकी हुन्।

योसँगै उनले गभर्नर नियुक्ति हुन नसकेकोप्रति प्रश्न उठाउँदै हालसम्म पनि ‘किन गभर्नर नियुक्ति गर्न सकिएको छैन’ भन्दै सरकारसँग जवाफ मागेकी छिन्।

उनले भनिन्, ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा किन ढिलाइ भइरहेको छ ? आर्थिक कारोबारको हल्ला चलिरहेको छ। यो के हो ? किन यस्तो भइरहेको छ, जवाफ दिनुपर्‍यो।’

सांसद यादलवले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयलाई किन ठट्टाको रूपमा लिइदैँ छ भन्दै सरकारसँग जवाफ मागेकी छिन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै