क्रस रिभर बैंकको प्रमुख डेटा तथा एआई अधिकारीमा प्रवेश रिजाल नियुक्त

काठमाडौँ। प्रवेश रिजाल क्रस रिभर बैंकको प्रमुख डेटा तथा एआई अधिकारीमा नियुक्त भएका छन्। न्युयोर्कमा अवस्थित प्रतिष्ठित वित्तीय संस्था क्रस रिभर बैंकको प्रमुख डेटा तथा एआई अधिकारीमा प्रवेश रिजाल नियुक्त भएका हुन्।

नेपाली मूलका युवा प्रवेश रिजाललाई अमेरिकाको प्रतिष्ठित वित्तीय संस्था क्रस रिभर बैंकले प्रमुख डेटा तथा एआई अधिकारी नियुक्त गरेको छ। ३४ वर्षीय रिजाल बैंकको नवस्थापित डेटा, एआई र परिमाणात्मक रणनीति विभागको नेतृत्वमा रहनेछन्।

यसअघि उनले सिटीग्रुपमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दै परिमाणात्मक पोर्टफोलियो मोडेलिङमा योगदान दिएका थिए। रिजालले न्युयोर्क विश्वविद्यालयबाट वित्तीय इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

हाल फ्रान्सको ईडीएचईसी बिजनेस स्कूलमा विद्यावारिधि गर्दै छन्। बैंकका अनुसार रिजाल वित्त र एआईमार्फत् विश्व अर्थतन्त्रमा नवीन दृष्टिकोण ल्याइरहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्